काठमाडौं । २०७२ सालको विनाशकारी भूकम्पले जीर्ण बनाएको दोलखाको ऐतिहासिक टक्सार घर अझै पुनर्निर्माण र संरक्षणको पर्खाइमा छ। सयौँ वर्ष पुरानो इतिहास बोकेको यो घर संरक्षणको अभावमा क्रमशः जीर्ण बन्दै गएपछि हकवाला उनिहरुको भनाइ अनुसार राज्यले तत्काल संरक्षणको पहल गर्नुपर्ने परिवारको अनुसार टक्सार घर उनीहरूको पुर्ख्यौली तथा संयुक्त पारिवारिक सम्पत्ति भए पनि यसको ऐतिहासिक महत्व परिवारको निजी सम्पत्तिभन्दा निकै माथि छ। त्यसैले यसको संरक्षण गर्नु राज्यको समेत दायित्व भएको उनको भनाइ छ।
टक्सार घर हाम्रो पुर्ख्यौली सम्पत्ति भए पनि दोलखाको ऐतिहासिक धरोहर हो। यसलाई संरक्षण गर्नु राज्यको दायित्व हो, परिवारको भनाइ छ।
दोलखाको डाँडाथोक क्षेत्रमा रहेको टक्सार घर सामान्य पुरानो आवासीय भवन मात्र होइन, नेपालको मुद्रा इतिहाससँग जोडिएको महत्वपूर्ण सम्पदा हो। जिल्ला समन्वय समिति दोलखाले समेत टक्सार घरलाई जिल्लाको प्रमुख ऐतिहासिक तथा पर्यटकीय सम्पदामध्ये एकका रूपमा उल्लेख गरेको छ।
इतिहाससम्बन्धी स्रोतहरूका अनुसार दोलखामा वि.सं. १६०५ अगावै राजा जयइन्द्रसिंह देवको समयमा सिक्का प्रचलनमा आएको थियो। टक्सार घर त्यही ऐतिहासिक मुद्रा उत्पादन तथा भण्डारणसँग जोडिएको संरचनाका रूपमा चिनिन्छ।
टक्सार घर झन्डै पाँच सय वर्षअघिको संरचना हो र वि.सं. १६०५ अघि नै टक छाप्न तथा भण्डारण गर्न राजा जयइन्द्रसिंह देवले यो घर निर्माण गराएको इतिहास उल्लेख गरिएको छ।
यसकारण टक्सार घरलाई दोलखाको मात्र नभई नेपालको प्रारम्भिक मुद्रा इतिहासको एउटा जीवित प्रमाणका रूपमा समेत हेर्ने गरिएको छ।
२०७२ सालको भूकम्पले टक्सार घरको संरचनामा ठूलो क्षति पुर्यायो। त्यसयता घरको एकापट्टिको भाग भत्किएको अवस्थामा रहेको र पुनर्निर्माण हुन नसकेको टक्सार घर भूकम्पपछि जोखिमपूर्ण अवस्थामा रहेको छ।
उनिहरुको अनुसार आफुहरुको पुर्ख्यौली घर भएपनी पनि घरमा पुराना काठ तथा तत्कालीन निर्माण शैलीका मौलिक संरचना छन्। यस्ता सामग्री र वास्तुकला पुनः निर्माण गरेर तयार पार्न सम्भव नभएकाले मौलिक स्वरूपमै संरक्षण गर्नुपर्ने जोड छ।
यस्तो घर फेरि बनाउन सकिँदैन। पुराना काठ र त्यसबेलाको निर्माण शैलीले नै यसको इतिहास बोकेको छ। संरक्षण गरेर भावी पुस्तालाई देखाउनुपर्छ,टक्सार घर सम्बद्ब परिवारको भनाइ छ
टक्सार घर संरक्षणका लागि विगतमा सरकारी तहबाट बजेट विनियोजन तथा अधिग्रहणको प्रयाससमेत भएको भएको । सरकारले टक्सार घर अधिग्रहणका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो र भीमेश्वर नगरपालिकाले संरक्षण तथा संग्रहालय निर्माणको तयारी गरेको थियो।
तर बहुस्वामित्वमा रहेको घरको स्वामित्व तथा व्यवस्थापनसम्बन्धी विषय सहज रूपमा टुंगिन नसक्दा संरक्षणको काम अघि बढ्न नसकेको सरकारवाला निकायको भनाइ छ भीमेश्वर नगरपालिकाले घर खरिद गरी पुनर्निर्माण गर्ने तयारी गरे पनि घरधनीबीच सहमति हुन नसकेको भिमेश्वर नगरपालिकाको एक प्रती निधिले भने
टक्सार घर परिवारका एक सदस्य भनाइ अनुसार आफूहरूको तर्फबाट संरक्षणका लागि पहल हुँदै आए पनि राज्यका निकायबाट अपेक्षित रूपमा काम अघि नबढेको गुनासो गरेका छन।
उनका अनुसार संरक्षणका लागि छुट्याइएको बजेटसमेत कार्यान्वयन हुन नसक्दा ऐतिहासिक सम्पदा झन् जीर्ण अवस्थामा पुगेको छ।
टक्सार घरको स्वामित्व निजी परिवारसँग जोडिएको भए पनि यसको इतिहास भने सार्वजनिक महत्वको रहेको टक्सार सम्बद्ब परिवारको भनाइ छ।
यो हाम्रो पारिवारिक सम्पत्ति हो, तर यसको इतिहास हाम्रो परिवारमा मात्र सीमित छैन। दोलखाको इतिहास र नेपालको मुद्रा इतिहाससँग जोडिएको सम्पदा भएकाले यसको संरक्षणमा राज्यले जिम्मेवारी लिनुपर्छ हकवाला परिवारको भनाइ छ।
दोलखाका इतिहासविद् तथा जानकारहरूले पनि यसअघि टक्सारसहितका पुराना घरहरू बहुस्वामित्वमा रहेकाले पुनर्निर्माणमा समस्या भएको बताएका छन्। ऐतिहासिक घरहरू निजी स्वामित्वमा भए पनि तिनले बोकेको इतिहास संरक्षण गर्न स्थानीय, प्रदेश र संघीय सरकारले स्पष्ट नीति बनाउनुपर्ने धारणा सार्वजनिक हुँदै आएको छ।
दोलखा प्राचीन व्यापारिक तथा सांस्कृतिक केन्द्रका रूपमा समेत परिचित छ। जिल्ला समन्वय समिति दोलखाका अनुसार दोलखाको इतिहास प्राचीनकालदेखि आर्थिक, सामाजिक, धार्मिक तथा राजनीतिक रूपमा महत्वपूर्ण रहँदै आएको छ।
यस्तो ऐतिहासिक पृष्ठभूमि बोकेको क्षेत्रमा रहेको टक्सार घर संरक्षण हुन नसक्दा एउटा भवन मात्र जीर्ण भइरहेको छैन, त्यससँग जोडिएको इतिहास र मौलिक वास्तुकला पनि जोखिममा परेको छ। टक्सार घरलाइ पुरानै स्वरूप र मौलिक निर्माण सामग्रीको प्रयोग गरी संरक्षण तथा पुनर्निर्माण गर्नुपर्ने परिवारको माग छ।
हाम्रो पुर्खाले छाडेर गएको सम्पदा हो। हामीले जोगाउन सकेनौँ भने भोलिका पुस्ताले दोलखाको टक्सार घर कस्तो थियो भनेर किताबमा मात्र पढ्नुपर्ने अवस्था आउन सक्छ।अब सम्बन्धित सरकारी निकाय, स्थानीय तह र घरका हकवालाबीच आवश्यक समन्वय गरी ऐतिहासिक टक्सार घरको स्वामित्व, संरक्षण, पुनर्निर्माण र व्यवस्थापनबारे स्पष्ट निर्णय लिनुपर्ने देखिन्छ। टक्सार घर जोगाउनु भनेको एउटा पुरानो घर जोगाउनु मात्र नभई नेपालको मुद्रा इतिहासको एउटा महत्वपूर्ण अध्याय जोगाउनु पनि हो।




























