काठमाडौं । परराष्ट्रमन्त्री एपी साउद कतारको दोहा प्रस्तान गरेका छन् ।
२१ औं दोहा फोरममा सहभागी हुन उनी शनिबार कतार प्रस्थान गरेका हुन् ।
परराष्ट्रमन्त्री साउदले आइतबारदेखि कतारमा हुन गइरहेको दोहा २१ औँ फोरममा सहभागिता जनाउन कतार गएका हुने ।
त्यहाँ उनले उच्चस्तरीय भेट गर्ने छन् । उक्त भेटमा
इजरायलमा बेपत्ता भएका विपिन जोशीको रिहाइको विषय पनि उठाउने बताइएको छ ।
कतारमा उनले समकक्षीसँगै विदेश राज्यमन्त्री सुल्तान बिन साद अल(मुखारीसँग विपिनका बारेमा कुराकानी गर्ने कार्यतालिका रहेको छ।




























