काठमाडौं । बेलायतमा रोजगारीका लागि ४५ जना नेपाली नर्स छानिएका छन् ।
७१ जना नर्स अन्तर्वार्तामा सहभागी भएता पनि ४५ जना मात्र छानिए भएका हुन् ।
नेपाल सरकार र वेलायत सरकारबीच भएको श्रम संझौता अनुसार पहिलो चरणमा नेपालबाट श्रमका लागि नेपाली नर्सहरु वेलायत तर्फ जाने भएका छन् ।
नर्सलाई स्वस्थ्य क्षेत्रमा पठाउन बेलायत सरकारसँग सन् २०२२ को अगस्टमा समझदारी भएको थियो । सोही समझदारी अनुसार बेलायत जान चाहने नर्सहरूका लागि सरकारले गत जुलाई २० मा सूचना जारी गरी आवेदन माग गरेको थियो ।
प्राम्भिक छनोट भएका नर्सहरलाई नेपालस्थित बेलायती दूतावासमा अन्तर्वार्ता लिइएको थियो ।




























