काठमाडौं । इजरायलमा हमासले गरेको हमलामा परि ७ जना नेपालीको मृत्यु भएको छ।
इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिममा प्यालेस्टाइनको हमास आतंकवादी समूहको आक्रमणमा परी ७ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) इजरायलले जनाएको छ ।
घटनामा थप केही नेपाली हताहतीको आशंका गरिएपनि अहिलेसम्म पुष्टि हुन सकेको छैन। नेपाली दूतावास इजरायलले पनि घाइते भएका १२ जना नेपाली अहिले आफूहरुको सम्पर्कमा नरहेको जनाएको छ।
यद्यपि मृत्युबारे दूतावासले औपचारिक जानकारी नआएको भन्दै पुष्टि गरेको छैन।



























