काठमाडौं । इजरायलको द्वन्द्वग्रस्त क्षेत्रमा ३८ नेपाली उद्धारको पर्खाइमा छन् ।
प्यालेस्टाइनको चरमपन्थी समूह हमास र इजरायली सेनाबीच गाजापट्टी क्षेत्रमा संघर्ष चलिरहेका कारण उनीहरूको उद्धार गर्न सकिएको छैन ।
‘अहिले जुन क्षेत्रमा हमास र इजरायली सेनाबीच द्वन्द्व चलिरहेको छ, त्यहाँबाट ३८ जना नेपालीले उद्धार गरी सुरक्षित लैजानको लागि हामीसँग अनुरोध गरेका छन् ,’ गैरआवासीय नेपाली संघ (एनआरएनए) इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारीले भने ।
द्वन्द्वग्रस्त क्षेत्रमा केही नेपाली हमासको आक्रमणमा परी घाइते भएका र स्थानीय अस्पतालमा उनीहरूको उपचार भइरहेको भण्डारीले बताए ।



























