काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच चीनको तिआनजिनमा अनौपचारिक भेटघाट भएको छ । मोदीले आइतबार सामाजिक सञ्जालमार्फत ओलीसँगको भेटबारे जानकारी दिँदै तस्वीर पनि सार्वजनिक गरेका छन्।
तस्वीरसँगै मोदीले लेखेका छन्, ‘तिआनजिनमा नेपालका प्रधानमन्त्री श्री केपी ओलीलाई भेट्न पाउँदा खुसी लाग्यो। नेपालसँग भारतको सम्बन्ध गहिरो र धेरै विशेष छ।’
दुवै नेताबीच भएको भेटलाई अनौपचारिक भनिए पनि यसले दुई मुलुकबीचको सम्बन्धलाई नयाँ ऊर्जा दिने अपेक्षा गरिएको छ। यसअघि शनिबार चिनियाँ राष्ट्रपति सि जिनपिङ र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएको थियो । उक्त भेटमा ओलीले चीन र भारतबीच लिपुलेकमा भएको सम्झौताको आपत्ती जनाएका थिए ।



























