काठमाण्डौं । नेकपा (एकीकृत समाजवादी) निकट प्रवासी नेपाली एकता मञ्च जापानको तेस्रो अधिवेशन टोकियोमा सम्पन्न भएको छ। पार्टीका महासचिव घनश्याम भुसालको प्रमुख आतिथ्यमा आयोजित अधिवेशनले हरि लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ।
हिजो सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा टक्कर कुँवर र उपाध्यक्षहरूमा मन्जु गिरी र सचिन नेम्वाङलाई चयन गरेको छ। यसैगरी, सचिवमा श्रीकृष्ण अर्याल, उपसचिवहरूमा आमिर पाण्डे र कृष्ण धमला, र कोषाध्यक्षमा सुमित रोकायलाई जिम्मेवारी दिइएको छ।
नवनिर्वाचित कार्यसमितिका सदस्यहरूमा पुरुषोत्तम वाग्ले, भोजराज राउत, विशाल कुमार शाह, भवन कुमार घिमिरे, जनकराज मन्डेल, मुना गिरी, प्रशान्त शाही, नृप कुँवर, नकुल तिमिल्सिना, निराजन महरा, प्रविण कुमार खतिवडा, विष्णु मल्ल, सुवास खनाल, हिमान्शु सिंह ठकुरी, कल्पना लामिछाने राउत, नवदुर्गा कँडेल, पवन भण्डारी र महेश्वर थापा रहेका छन्।
अधिवेशनमा नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य सुदेश पराजुली, केन्द्रीय सदस्य द्रोण सिलवाल, जापानका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी लगायत जापानस्थित विभिन्न नेपाली संघ-संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।



























