डोलेश्वर महादेव मन्दिरमा एमआरआर समूहले शनिबार साप्ताहिक भजन, कीर्तन गरेकाे छ । भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित पवित्र डोलेश्वर महादेव मन्दिरमा आज साप्ताहिक भजन, कीर्तन कार्यक्रम गरेकाे हाे । सामाजिक संजालमा लोकप्रिय युवाहरुको समूह एमआरआर (MRR) टोली काठमाडौंको आयोजनामा हरेक शनिबार उपत्यकाका विभिन्न धार्मिकस्थलमा सञ्चालन हुँदै आएको उक्त कार्यक्रम यसपटक भक्तपुरको सिपाडोलमा रहेको डोलेश्वर महादेव मन्दिरमा आयोजना गरिएकाे हो।



























