काठमाडौं । रोल्वालिङ यातायात सहकारी संस्था प्रा.लि.ले यही भदौ २ गतेदेखि नारायणटारबाट सैलुङ गाउँपालिकाको कालोपानीसम्म ( विद्युतिय गाडी) इभि यातायात सेवा सञ्चालन गर्ने भएको छ।
सहकारी संस्थाका अध्यक्ष मिङ्गुर शेर्पाले उक्त रुटमा नियमित यातायात सेवा सञ्चालन हुने जानकारी दिँदै सम्पूर्ण यात्रुहरूलाई सेवा लिन आग्रह गरेका छन्।
दुर्गम तथा ग्रामीण क्षेत्रका नागरिकलाई सहज, सुरक्षित र नियमित यातायात सेवा उपलब्ध गराउने उद्देश्यले सेवा सञ्चालन गर्न लागिएको अध्यक्ष शेर्पाले बताए।
“भदौ २ गतेदेखि काठमाडौंको विभिन्न स्थानबाट सैलुङको कालोपानीसम्म यातायात सेवा सञ्चालन हुनेछ। सम्पूर्ण यात्रु तथा सेवाग्राहीहरुलाइ जानकारी गराउदै ” अध्यक्ष शेर्पाले भने।
रोल्वालिङ यातायातले यात्रुको सुविधालाई ध्यानमा राख्दै सेवालाई नियमित र ब्यबस्थित बनाउने अध्यक्ष मिङ्गुर शेर्पाले बताएका छन।


























