काठमाडौं। दोलखाका निमपाल्दे शेर्पाले सानै उमेरमा काठमाडौंको बौद्धमा हिमालय ट्राउट रेस्टुरेन्ट सञ्चालनमा ल्याएका छन्। व्यवसाय सुरु गरेको छोटो समयमै रेस्टुरेन्टमा जनप्रतिनिधिदेखि कलाकार तथा विभिन्न क्षेत्रका सेलिब्रेटीसम्मको आकर्षण बढ्न थालेको छ।
रेस्टुरेन्टको मुख्य विशेषता रेन्बो ट्राउट माछाका परिकारसँगै मौलिक नेपाली खानाका स्वाद हुन्। हिमाली क्षेत्रको पहिचान बोकेको ट्राउट माछालाई नेपाली स्वाद र परिकारसँग जोडेर ग्राहकलाई फरक स्वाद दिने प्रयास गरिएको सञ्चालक शेर्पा बताउँछन्।
बौद्ध क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै सञ्चालन गरिएको रेस्टुरेन्टमा पारिवारिक वातावरणमा नेपाली खानाको स्वाद लिन सकिने व्यवस्था गरिएको छ। विशेषगरी रेन्बो ट्राउटका विभिन्न परिकार ग्राहकको रोजाइमा पर्न थालेका छन्।
सानै उमेरमा व्यवसायमा प्रवेश गरेका शेर्पाले स्थानीय उत्पादन, नेपाली खानाको प्रवर्द्धन र पर्यटनसँग जोडेर रेस्टुरेन्टलाई थप विस्तार गर्ने लक्ष्य लिएका छन्।
शेर्पाले नेपाली मौलिक खानाको साथै नेपालको चर्चित कलाकारहरु बाट लाइभ सङ्गितको ब्यबस्था गरि ग्राहकहरुलाइ मनोरञ्जन प्रदान गरिरहेका छन।
जन्मदिन गोष्ठी बैठक लागि उपयुक्त हल सहित सन्चालन ल्याइएको हिमालय ट्राउट रेस्टुरेन्टले छोटो समयमै विभिन्न क्षेत्रका व्यक्तिहरूको रोजाइमा पर्नुले आफ्नो प्रयासलाई थप उत्साहित बनाएको उनको भनाइ छ।
हिमालय ट्राउट रेस्टुरेन्ट अहिले बौद्ध क्षेत्रमा रेन्बो ट्राउट र नेपाली खानाका परिकारका लागि नयाँ गन्तव्यका रूपमा परिचित हुँदै गएको छ।


























