काठमाडौंको त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुँदा जलेर घाइते भएका चालक अर्जुन दोङ तामाङको उपचारका क्रममा आज कीर्तिपुर अस्पतालमा मृत्यु भएको छ। मृतकका आफन्तहरू अहिले कीर्तिपुर अस्पताल परिसरमा जम्मा भएका छन् । अस्पताल परिसरमा आवश्यक सुरक्षा व्यवस्थाका लागि प्रहरी टोलीको समेत उपस्थित रहेको छ।



























