दोलखा । नेपाली कांग्रेस गौरीशंकर गाउँपालिकाको १५औँ पालिका अधिवेशन सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ।
अधिवेशनले सभापतिमा सुब्बा खड्कालाई सर्वसम्मत चयन गरेको छ। त्यस्तै उपसभापतिमा निमापाल्देन शेर्पा र महिला उपसभापतिमा सुशीला केसी चयन भएका छन्।
त्यसैगरी सचिवमा उद्बब विश्वकर्मा र सह–सचिवमा खमबहादुर खत्री सर्वसम्मत चयन भएका छन्।
अधिवेशनबाट कार्यसमिति सदस्यमा पासाङ जिरेल, पूर्णबहादुर तामाङ, डबलबहादुर कार्की, छोडेन शेर्पा, फूलकुमारी तामाङ, दातेन्जी शेर्पा, सोमबहादुर तामाङ, विष्णुमाया तामाङ, सरस्वती बुडाथोकी र उदयबहादुर खड्का चयन भएका छन्।
नवनिर्वाचित कार्यसमितिमा अधिकांश युवा पुस्ताको सहभागिता रहेको छ। युवा नेतृत्वको आगमनसँगै गौरीशंकर गाउँपालिकामा नेपाली कांग्रेसको संगठनलाई थप व्यवस्थित, गतिशील, बलियो र सशक्त बनाउने अपेक्षा गरिएको छ।
नयाँ नेतृत्वले पार्टीको संगठन विस्तार, कार्यकर्ताबीचको समन्वय तथा स्थानीय तहमा कांग्रेसको गतिविधिलाई प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाएको छ।



























