काठमाडौं । नेपाली कांग्रेस चौरीदेउराली गाउँपालिकाको १५औँ गाउँपालिका अधिवेशनबाट राजेश गौतम सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन्।
अधिवेशनले उपसभापतिमा कमल लामा, सचिवमा नारायण थोकर र सहसचिवमा भूपेन्द्र राज गिरीसहित सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई सर्वसम्मत रूपमा निर्वाचित गरेको हो।
नवनिर्वाचित सभापति गौतम लामो समयदेखि पार्टी संगठन तथा सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका छन्।
राजनीतिमा धैर्यता, निरन्तरता र इमानदारितालाई प्राथमिकतामा राख्दै अघि बढेका गौतम सर्वसम्मत रूपमा पालिका सभापतिको जिम्मेवारीमा चयन भएका हुन्।
गौतमको सर्वसम्मत नेतृत्व चयनलाई स्थानीय कांग्रेस कार्यकर्ताहरूले संगठनभित्रको सहमति, सहकार्य र विश्वासको परिणामका रूपमा लिएका छन्। राजनीतिमा धैर्यता र इमानदारिता कायम राख्दै अघि बढे नेतृत्वका लागि जनताको विश्वास आफैं प्राप्त गर्न सकिन्छ भन्ने उदाहरणका रूपमा गौतमको राजनीतिक यात्रालाई हेरिएको छ।
नवनिर्वाचित सभापति गौतमसहित सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।
नयाँ नेतृत्वले आगामी कार्यकालमा नेपाली कांग्रेसको संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउँदै गाउँपालिकाका नागरिकका सवाल तथा जनसरोकारका विषयलाई प्राथमिकतामा राखेर अघि बढ्ने अपेक्षा गरिएको छ।




























