काठमाडौं । आज सेयर बजारमा फेरि दोस्रो सर्किट लागेको छ ।
कारोबार खुलेको ५ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट लागेको थियो । पहिलो सर्किट लागेका कारण १५ मिनेट कारोबार स्थगन गरिएको थियो ।
दोश्रो सर्किट लगाएपछि नेप्सेले कारोबार ४० मिनेटका लागि स्थगित गरेको छ । त्यसपछि पुनः बजार खुल्नेछ। पुनः बजार ६ प्रतिशतले बढ्यो भने आजका लागि सम्पूर्ण कारोबार स्थगन हुने नियम छ ।




























