काठमाडौं । गौरीशंकर गाउँपालिका–६ का वडा अध्यक्ष निमासाङ्गे शेर्पाले आगामी बजेटमा शिक्षा, स्वास्थ्य, खानेपानी र कृषिलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। पूर्वाधारतर्फ ग्रामीण सडक निर्माण धेरै ठाउँमा पुगिसकेकेकोर मर्मत तथा गुणस्तर सुधारमा ध्यान दिइरहेको उनको भनाइ छ।
वडा अध्यक्ष शेर्पाका अनुसार पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको अवस्था चुनौतीपूर्ण बनेको छ। त्यसैले आगामी दिनमा शिक्षालाई विशेष प्राथमिकता दिँदै सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक अवस्था सुधार गर्न आवश्यक रहेको उनले बताए।
“हाम्रो क्षेत्रमा सडक, खानेपानी, विद्युत जस्ता पूर्वाधार धेरै ठाउँमा पुगेका छन्। अब नयाँ पूर्वाधार निर्माणसँगै भएका संरचनाको सुधार र व्यवस्थापनमा पनि ध्यान दिएकाछौ उनले भने, “विशेषगरी शिक्षा, स्वास्थ्य, खानेपानी र कृषिलाई पहिलो प्राथमिकतामा राखेर योजना निर्माण गरिएको वडा अध्यक्ष शेर्पा बताए।
शेर्पाका अनुसार कृषि क्षेत्रमा साना–साना टुक्रे कार्यक्रमभन्दा उत्पादनमा केन्द्रित तथा सामूहिक कृषि प्रणालीलाई प्रोत्साहन गर्ने उदेश्यले वडाले सामूहिक खेती तथा सुन्तला पकेट क्षेत्रलाई प्राथमिकता दिएको उनले बताए।
गत वर्ष सुन्तला पकेट क्षेत्रका लागि करिब चार हजार बिरुवा वितरण गरिएको जानकारी दिँदै उनले आगामी दिनमा कृषि क्षेत्रलाई थप व्यवस्थित बनाउने योजना रहेको बताए।
कृषि अनुदान वितरणमा वास्तविक किसान छुट्न नदिन वडाले सामूहिक कृषिलाई प्राथमिकता दिएको उनको भनाइ छ। कागजात भएको व्यक्तिको नाममा मात्रै अनुदान दिनेभन्दा वास्तविक रूपमा कृषि गरिरहेका व्यक्तिहरूलाई सामूहिक रूपमा समेट्ने अभ्यास गरिएको उनले बताए।
ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा एकल नागरिकलाई सामाजिक सुरक्षा भत्ता लिन सहज बनाउन वडाले स्थानीयस्तरमै सेवा उपलब्ध गराउँदै आएको बताए।
भौगोलिक रूपमा टाढा रहेका बस्तीका नागरिकलाई बैंकसम्म पुग्न कठिन हुने भएकाले सम्बन्धित स्थानमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था गरिएको उनले जानकारी दिए।
वैदेशिक रोजगारीबाट फर्किएका युवाको सीप र अनुभवलाई स्थानीय उत्पादनमा प्रयोग गर्ने विषयमा भने आफ्नो वडामा त्यस्ता व्यक्तिको संख्या कम रहेको उनले बताए।
विदेशबाट फर्किएपछि स्थानीयस्तरमा पर्याप्त आम्दानीको वातावरण नहुँदा उनीहरू पुनः विदेशतर्फ नै जाने अवस्था देखिएको वडा अध्यक्ष शेर्पाको भनाइ छ।
बजेट बनाउदा र योजना तर्जुमा गर्दा दल वा कुनै व्यक्तिबाट दबाब आउने गरेको अनुभव नभएको शेर्पाले बताए।
“हाम्रो वडामा त्यस्तो राजनीतिक दबाब छैन। योजना बनाउँदा टोल–टोलमा पुगेर स्थानीयको आवश्यकता बुझ्ने र भूगोलअनुसार प्राथमिकता निर्धारण गर्ने गरेका छौँ।उनका अनुसार योजना छनोट गर्दा वडाका सबै भूगोल र टोलको आवश्यकता पहिचान गरी स्थानीयसँग छलफल गरेर प्राथमिकता निर्धारण गर्ने गरिएको छ
प्राकृतिक विपद्को सम्भावित जोखिमलाई मध्यनजर गर्दै वडाले विपद् व्यवस्थापनका लागि पूर्वतयारी योजना बनाएको वडा अध्यक्ष शेर्पाले बताए।
कुन क्षेत्रमा बढी जोखिम हुन सक्छ र विपद्का कारण प्रभावित नागरिकलाई कहाँ सुरक्षित राख्ने भन्ने विषयमा पहिल्यै योजना बनाइएको उनले जानकारी दिए।
“विपद्को विषयमा हामीले प्लानिङ गरेका छौँ। कुनै विपद् आइपरेमा कुन क्षेत्रमा जोखिम बढी छ र प्रभावितलाई कहाँ सुरक्षित राख्ने भन्ने विषयमा पहिल्यै योजना बनाइसकेका छौँ,” उनले भने।
घरमा बस्नै नसक्ने गरी ठूलो प्राकृतिक विपद् आइपरेमा प्रभावित परिवारलाई तत्काल सुरक्षित स्थानमा राख्न सकिने गरी सम्भावित स्थानसमेत पहिचान गरिएको उनले बताए।
शेर्पाका अनुसार आगामी बजेटमा सडकसहितका पूर्वाधार विकासलाई निरन्तरता दिँदै शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि तथा पशुपालन क्षेत्रलाई सिमित आर्थिक स्रोतका आवजुत पनि ध्यान ध्यानमा राखेर काम गरेको बताएका छन।
स्थानीय आवश्यकतालाई पहिचान गरेर बजेट विनियोजन गर्न सके मात्रै त्यसबाट नागरिकले प्रत्यक्ष लाभ लिन सक्ने उनको भनाइ छ।




























