काठमाडौं । नेपाली कांग्रेस दोलखाका उपसभापति छवि लामाले पार्टीभित्रको वर्तमान कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सीमित व्यक्तिको नियन्त्रणमा राखेर कांग्रेसलाई दाना शासन र दासको शासनतर्फ लैजान खोजिएको आरोप लगाएका छन।
बिहीबार राजधानी काठमाडौंमा आयोजित ‘दोलखाका लोकनायकहरू’ पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै लामाले पार्टीभित्र लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउन र तल्लो तहका कार्यकर्ताको भावना तथा सुझावलाई सम्मान गर्नुपर्नेमा जोड दिए
उहाँले नेपाली कांग्रेसका पूर्व पार्टी सभापति शेरबहादुर देउबा सल्लाहकार र आफू वरिपरिका व्यक्तिहरूको गलत सल्लाह तथा प्रभावमा परेर आफ्नो मान–सम्मान, प्रतिष्ठा र लामो राजनीतिक इतिहाससमेत गुमाउँदै गएको लामाको आरोप छ।
दुई पटक पार्टी सभापति र पाँच पटक प्रधानमन्त्री भइसकेका देउबाले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्ने समयमा गलत सल्लाह र वरिपरिका व्यक्तिको प्रभावमा पर्दा कांग्रेसभित्र विभाजनको अवस्था सिर्जना भएको उनको भनाइ थियो।
नेतृत्वले आफ्नो वरिपरिका सीमित व्यक्तिको सल्लाहमा निर्णय गर्न थालेको आरोप लगाएका छन।, “हिजो लोकतन्त्रका लागि लडेका हामी आज आफ्नै पार्टीका तल्लो तहका कार्यकर्ताको भावना र सुझावसमेत बुझ्न छाडेका छन लामाले भने
उहाँले पद र शक्तिका लागि देउवाको वरिपरि घुम्ने प्रवृत्तिले नेपाली कांग्रेसलाई कमजोर बनाउँदै गएको दाबी समेत गरेका छन।
लामाले भने“देउवाले आफ्नो लामो राजनीतिक इतिहास र पार्टीप्रतिको योगदान सम्झेर कांग्रेसलाई एकताबद्ध बनाएर अघि लैजानुपर्ने हो। तर अहिले उहाँको अघि–पछि लागेर पदका लागि मरिमेट्नेहरूले कांग्रेसलाई टुक्र्याउन खोजिरहेका छन्।”
कांग्रेस अब नयाँ पुस्ताको भावना र आकांक्षालाई सम्बोधन गर्दै १५औँ महाधिवेशनमा जानुपर्ने लामाको धारणा छ।
पार्टीको नेतृत्वमा पुस्तान्तरण आवश्यक रहेको उल्लेख गर्दै उनले युवा पुस्ता र जेनजी पुस्ताले उठाएका माग तथा मुद्दालाई सम्बोधन गरी कांग्रेसलाई नयाँ दिशातर्फ लैजानुपर्ने बताए ।
“अब पुरानो स्टाइल र पुरानो सोचमा कांग्रेस चल्दैन,” लामाले भन्नुभयो, “युवा र जेनजी पुस्ताले उठाएका आवाजलाई सम्बोधन गर्दै नयाँ पुस्ताको नेतृत्व स्वीकार गरेर १५औँ महाधिवेशनमा जानुपर्छ।”
उहाँले व्यक्तिगत स्वार्थ र पदको मोहभन्दा माथि उठेर पार्टीको भविष्यबारे सोच्न नेतृत्वलाई आग्रह गरेका छन। पार्टीभित्र व्यापक छलफल, लोकतान्त्रिक अभ्यास र कार्यकर्ताको भावनाअनुसार निर्णय गर्ने संस्कृतिको विकास गर्न सकेमात्र कांग्रेसलाई थप सशक्त, एकताबद्ध र जनताप्रति उत्तरदायी बनाउन सकिने उनको भनाइ थियो।



























