काठमाडौं – दोलखामा बृहत् रक्तदान कार्यक्रम आयोजना हुने भएको छ। दोलखा उद्योग वाणिज्य संघको आयोजनामा आगामी २०८२ साल भदौ ७ गते शनिबार रक्तदान कार्यक्रम हुन लागेको हो।
आयोजकका अनुसार “रक्तदान–जीवनदान” भन्ने मूल नारासहित आयोजना गरिएको उक्त कार्यक्रम चरिकोटस्थित सातदोबाटो चोकमा बिहान ७ः३० बजेदेखि सञ्चालन हुनेछ। कार्यक्रममा इच्छुक स्वस्थ व्यक्तिहरूलाई स्वेच्छिक रूपमा रक्तदान गर्न आह्वान गरिएको छ।
रगतको अभावमा उपचाररत बिरामीलाई सहयोग पुर्याउने तथा समाजमा मानवीय सेवाको भावना अभिवृद्धि गर्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
आयोजक संस्थाले जिल्लावासी, सामाजिक संघसंस्था, युवा तथा सम्पूर्ण इच्छुक रक्तदातालाई कार्यक्रममा सहभागी भई रक्तदानमार्फत जीवन बचाउने अभियानमा साथ दिन आग्रह गरेको छ।
रक्तदानलाई मानवीय सेवाको महत्वपूर्ण कार्यका रूपमा लिइन्छ र नेपालमा विभिन्न संघसंस्थाले नियमित रूपमा यस्ता स्वेच्छिक रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएका छन्।



























