काठमाडौं । नेपाली कांग्रेस गौरीशंकर गाउँपालिकाको सभापतिका लागि ३५ वर्षीय युवा नेता निमासाङ्गे शेर्पाले दाबी प्रस्तुत गरेका छन्।
युवा पुस्तामाझ लोकप्रिय शेर्पाले पार्टीभित्र वरिष्ठ नेतादेखि कनिष्ठ कार्यकर्तासम्म समन्वय गर्दै संगठनलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
शेर्पा नेपाली कांग्रेस गौरीशंकर गाउँपालिका–६ का पार्टी सभापति तथा निर्वाचित वडा अध्यक्षसमेत हुन्।
पार्टी संगठनसँगै स्थानीय तहमा युवाहरूसँगको बलियो सम्बन्धका कारण उनी युवा पुस्ताबीच लोकप्रिय नेताका रूपमा परिचित छन्।
अन्य राजनीतिक दलमा आबद्ध युवाहरूसँग समेत समन्वय गरी आफूअनुकूल परिचालन गर्न सक्ने नेतृत्व क्षमताका कारण शेर्पालाई गौरीशंकरमा प्रभावशाली युवा नेताका रूपमा हेरिएको छ।
सभापतिमा निर्वाचित भए नेपाली कांग्रेस गौरीशंकर गाउँपालिकालाई युवामैत्री संगठनका रूपमा विकास गर्दै आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई विजयी गराउने आधार तयार गर्ने शेर्पाको दाबी छ।
त्यसका लागि पार्टीको नेतृत्व तहसँग सहमति गरेर आफूलाई सभापतिमा निर्वाचित गराउन उनले आग्रह गरेका छन्।
सहमतिको माध्यमबाट नेतृत्व चयन हुन नसकी निर्वाचन प्रक्रियामा जानुपर्ने अवस्था आए आफूले बहुमतका साथ विजयी हुने समेत शेर्पाले दाबी गरेका छन्।
उनले पार्टीभित्रको एकता, युवाको सहभागिता र संगठनको प्रभाव विस्तारलाई प्राथमिकतामा राखेर आगामी दिनमा कांग्रेसलाई गौरीशंकरमा थप बलियो बनाउने बताएका छन्।



























