काठमाडौं । नेपाली कांग्रेस शैलुङ गाउँपालिकाको १५औँ गाउँपालिका अधिवेशनबाट कृष्णध्वज योन्जन सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन्।
अधिवेशनबाट उपसभापतिमा विनोद बुडाथोकी, महिला उपसभापतिमा अस्मिता तामाङ, सचिवमा कृष्ण नेपाली र सहसचिवमा तेन्जेन तामाङ (प्रेम) सर्वसम्मत निर्वाचित भएका छन्।
त्यस्तै, कार्यसमिति सदस्यहरूमा कृष्ण तामाङ, कृष्णबहादुर श्रेष्ठ, निमदोर्जे लामा, विदुर कार्की, तुल्सा तामाङ र घिसिङ लामा सर्वसम्मत चयन भएका छन्।
अधिवेशनबाट सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्यहरू सर्वसम्मत रूपमा चयन भएपछि शैलुङ कांग्रेसमा सहमति र सहकार्यको सन्देश गएको छ।
नवनिर्वाचित सभापति कृष्णध्वज योन्जनसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूले पार्टी संगठनलाई थप सुदृढ र व्यवस्थित बनाउँदै स्थानीय जनताका सवाल तथा जनसरोकारका विषयलाई प्राथमिकतामा राखेर अघि बढ्ने अपेक्षा गरिएको छ।
नवनिर्वाचित सभापति योन्जनसहित सम्पूर्ण पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।




























