काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा उमेर समूहबाट महाधिवेशन प्रतिनिधिका लागि राकेश शिवाकोटीले आफ्नो दाबी प्रस्तुत गरेका छन्।
राजनीतिक पृष्ठभूमिबाट आएका शिवाकोटीलाई युवा पङ्क्तिले रुचाएका सक्रिय युवा नेताका रूपमा हेरिएको छ।
विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक पहिचान स्थापित गरेका शिवाकोटी नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सदस्य हुन्। राजनीतिक तथा शैक्षिक पृष्ठभूमि बोकेका शिवाकोटी पछिल्लो समय युवाहरू तथा विद्यार्थीका विषयमा सक्रिय रहँदै आएका छन्।
काठमाडौंका विभिन्न कलेज तथा शैक्षिक संस्थामा अध्ययन गर्न आउने दोलखाका विद्यार्थीहरूलाई सहजीकरण गर्दै आएका शिवाकोटीले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई निःशुल्क तथा अन्य विद्यार्थीलाई सहुलियतपूर्ण रूपमा अध्ययनको अवसर उपलब्ध गराउन निरन्तर पहल गर्दै आएको बताइएको छ।
विद्यार्थीको शैक्षिक अधिकार, शैक्षिक प्रणालीको सुधार तथा विद्यार्थीका समस्यालाई सम्बोधन गर्नुपर्ने विषयमा हुने विद्यार्थी आन्दोलनमा समेत शिवाकोटीले सक्रिय भूमिका निर्वाह गरेका छन्।
विद्यार्थीका समस्या र शैक्षिक क्षेत्रका चुनौतीलाई नजिकबाट बुझेका शिवाकोटीले राजनीतिलाई अध्ययन, विचार र व्यवहारसँग जोडेर अघि बढाउनुपर्ने धारणा राख्दै आएका छन्।
युवा पुस्ताको सहभागिता बढाउने, पार्टी संगठनलाई थप सुदृढ बनाउने तथा विद्यार्थी र युवाका मुद्दालाई पार्टीको मूल राजनीतिक बहससँग जोड्ने विषयलाई शिवाकोटीले प्राथमिकतामा राखेका छन्।
राजनीतिक पृष्ठभूमि, विद्यार्थी राजनीतिमा हासिल गरेको अनुभव र युवा पङ्क्तिसँगको निरन्तर सम्पर्कका कारण शिवाकोटीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा पुस्ताबाट महाधिवेशन प्रतिनिधिका रूपमा आफ्नो दाबी प्रस्तुत गरेका हुन्




























