काठमाडौं । पहिलो संस्करण ‘नेप्को इन्टरटेन्मेन्ट म्यूजिक अवार्ड २०८०’का उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ ।
नेप्को इन्टरटेन्मेन्ट प्रा।लिले एक कार्यक्रम गर्दै अवार्डको उत्कृष्ट ५ सार्वजनिक गरिएको हो ।
‘नेपाली गीत संगित कर्मिहरुको सम्मान हाम्रो अभियान’ भन्ने मूल नाराका रहेको अवार्डमा ३३ विद्यामा समेटिएको छ। जसमा राष्ट्रिय,आधुनिक, चलचित्र, पप ,लोक दोहोरी तामाङ गीत लगायत बिधा रहेका छन् । अवार्डमा भोट र जुरी समितिको मतलाई आधार मानेर विजेताको घोषणा गरिने कार्यक्रम अध्यक्ष जीत सागर रावतले बताए ।
नेप्को इन्टरटेन्मेन्ट म्युजिक अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु९याएका स्रष्टालाई पुरस्कृत गर्दै थप उत्साह प्रदान गर्ने एक जना विशिष्ट व्यक्तिलाई अवार्ड प्रदान गरिने रावतले जानकारी दिए ।
त्यस्तै, नेपाल संगीत उद्योग संघ, संगीत तथा चलचित्र उत्पादक समाजका अध्यक्ष सुर्य बहादुर मगरले ‘नेप्को इन्टरटेन्मेन्ट म्यूजिक अवार्ड २०८०’का उत्कृष्ट पाँच मनोनयन सार्वजनिक कार्यक्रममा स्वागत मन्तव्य रादै अवार्डको फाईनल अष्टेलियामा हुने सम्भावना रहेको बताए।
उनले भने, ‘नेप्को इन्टरटेन्मेन्ट अवार्ड २०८०’को फाइनल अष्टेलियामा हुन्छ यदी त्यहा भएन भने नेपाल जिन्दावद छदै छ‘,।
‘नेप्को इन्टरटेन्मेन्ट अवार्ड’ अन्य अवार्ड भन्दा फरक रहेको मगरको दावी छ । ‘नेप्को अवार्ड’ पहिलो पटक भइरहेको छ । यस्ता अवार्डहरु हप्तैपिछे भइरहेको हुन्छन् नेपालमा, तर ‘नेप्को अवार्ड’ वर्षमा एक पटक गर्छौ भिन्न ढङ्गले गर्छौ,’ उनले भने ।
‘नेप्को इन्टरटेन्मेन्ट म्यूजिक अवार्ड २०८०’को फाइनल हुने मिति भने तोकिएको छैन् ।
‘नेप्को इन्टरटेन्मेन्ट म्यूजिक अवार्ड २०८०’का उत्कृष्ट पाँच नोमिनिज सार्वजनिकमा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालको प्रमुख आथित्य, संगीत उद्योग संघका महासचिव तथा नेप्को इन्टरटेनमेन्टका संचालक जीत सागर रावतले अवार्ड कार्यक्रको अध्यक्षता गरेका थिए । FNCCI का केन्द्रीय सदस्य शिब प्रसाद घिमिरे, कमला श्रेष्ठ, नरेशलाल श्रेष्ठको विशिष्ट आतिथ्य थियो ।
त्यस्तै, नेपाल संगीत उद्योग संघका पुर्वअध्यक्ष रुपेश कुमार श्रेष्ठ, गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी, पुर्वअध्यक्ष चुडामणी देवकोटा, बरिष्ट कलाकार तथा निर्देशक लय संग्रोला, चर्चित गायिका राधिका हमाल, गायिका देवी हमाल, म्यूजिक डाईरीका प्रधान सम्पादक तुलसी गिरी, भावुक म्यूजिक खबरका संचालक सुमन पण्डित, गीतकार लोकराज अधिकारी, लगायतको उपस्थिति रहेको थियो भने,नेपाल संगीत उद्योग संघका कार्यसमिति सदस्य जानुका मगरले कार्यक्रमको संचालन गरेकी थिइन् ।



























