काठमाण्डौं । राष्ट्रिय व्यवसाय पहल एनबिआइको १९ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभाले नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव महेश कुमार बस्नेतलाई कार्यसमिति सदस्यमा निर्वाचित गरेको हो।
निजी क्षेत्रको प्रतिष्ठित संस्था राष्ट्रिय व्यवसाय पहल (एनबिआइ ) मा उहाँको आगमनले वैदेशिक रोजगार व्यवसाय क्षेत्रको प्रतिनिधित्वलाई थप सुदृढ र पहलकदमी बनाएकोछ।
बस्नेतको अब वैदेशिक रोजगार व्यवसायको हकहित र उत्थानका लागि मात्र नभई राष्ट्रिय व्यवसाय पहल मा पनि महत्वपूर्ण योगदान पुर्याउनु पर्ने जिम्मेवारी थपिएको छ ।

विगत बर्ष देखिनै बैदेशिक रोजगारीको क्षेत्रमा सक्रिय रहनुभएका बस्नेतको अनुभव, लगनशीलता र नेतृत्वले एनबिआइ को आगामी कार्यदिशामा सकारात्मक प्रभाव पार्ने विश्वास संस्थाले लिएको छ।



























