काठमाडौं । हमासले आकस्मिक रुपमा इजरायलमाथि गरेको आक्रमणका कारण इजरायलको तर्फबाट भीषण बमबारी भइरहेको छ ।
बढ्दो जोखिमका बीच नेपाल सरकारले इजरायलमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिने काम बन्द गरेको छ ।
यससँगै वैदेशिक रोजगारीका लागि नेपालीबीच आकर्षक एक गन्तव्य इजरायल तत्कालका लागि बन्द भएको छ।
वैदेशिक रोजगार लागि यसअघि नै श्रम स्वीकृति लिइसकेका र उडानको मिति निश्चित भइसकेकाको हकमा समेत यात्रा रोकिएको छ ।



























