काठमाडौं । इजरायलमा प्यालेस्टिनी हमासको आक्रमणमा परी मृत्यु भएका १० मध्ये पहिलो चरणमा ४ नेपाली विद्यार्थीहरुको शव नेपाल ल्याइएको छ ।
पहिलो चरणमा नारायणप्रसाद न्यौपाने, दीपेशराज विष्ट र लोकेन्द्रसिंह धामीको शव काठमाडौं ल्याइएको छ ।
आशिष चौधरीको शव भने दिउँसो आइपुग्ने परराष्ट्रमन्त्री एनपी साउदका प्रेस संयोजक केशव साउदले जानकारी दिए।



























