काठमाडौं । अभियान्ता दुर्गा प्रसाईंले भोलिदेखि काठमाडौं बन्द हुने बताएका छन् ।
बल्खुमा प्रहरीसँग भएको झडपमा आन्दोलनकारीहरु घाइते भएपछि प्रसाईंले यस्तो बताएका हुन् ।
‘हाम्रोतर्फ ८र१० जना घाइते भएका छन् । प्रहरीतर्फ २५र३० जना घाइते भएका छन्, अब भोलिदेखि काठमाडौं बन्द हुन्छ,’ प्रसाईंले भने ।
प्रसाईंको नागरिक बचाउ अभियानको जुलुस कालीमाटीतर्फ प्रस्थान गर्न लागेपछि प्रहरीले बल प्रयोग गर्न सुरु गरेको थियो ।



























