काठमाडौं । प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले जाजरकोटका भूकम्प पीडितहरुलाई कम्बल वितरण गरेको छ ।
मञ्चले जाजरकोट कुशे गाउँपालिकाका-२, ८ र ९ का भूकम्प पीडितलाई वितरण गरेको हो ।
मञ्चका अध्यक्ष जनक रावल, उपमहासचिव दण्डपाणि भट्टराई र कोषाध्यक्ष शितल मैनालीलगायत राहत सामग्री लिएर जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा पुगेका छन् ।



























