काठमाडौं । वैदेशिक रोजगार विभागका अनुसार विदेश जानुअघि कामदारहरूलाई सम्बन्धित देश एवं त्यहाँका नियम(कानुनबारे जानकारी दिन अति आवश्यक रहेको बताएको छ ।
सम्बन्धित देशको वातावण, चालचलन, रहनसहन एवं रीतिरिवाज, संस्कारलगायतका बारे ज्ञान भएपछि कामदारहरूलाई सजिलो हुन्छ।
कतिपय सन्दर्भमा सामान्य कुरा पनि थाहा नहुँदा कामदारहरू समस्यामा पर्ने गरेका हुन्छन्।
त्यस्ता समस्या हुन नदिन अभिमुखीकरण तालिम दिने गरिएको विभागले बताएको छ ।



























