काठमाडौं । आइसर कमर्सियल भेहिकल्सको आधिकारिक वितरक बतास (एमएडब्लू) कमर्सियल भेहिकल प्रालिले सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडसँग क्यासलेस इन्स्योरेन्स सम्बन्धी सम्झौता गरेको छ ।
बतास एमएडब्लूका प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवाल, प्रमुख प्रबन्ध निर्देशक शान्तराज बतास र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्री, उपप्रमुख कार्यकारी अधिकृत योगेशकृष्ण श्रेष्ठ लगायतको उपस्थिति भई सम्झौतामा हस्ताक्षर भएको हो ।
क्यासलेस योजनामार्फत दुर्घटना भएको खण्डमा आइसर मोटर्स गाडीका ग्राहकले बतास एमएडब्लूका आधिकारिक सर्भिस सेन्टरमा सीधै गई गाडी मर्मत वा बिमा रकम दाबी गर्न सक्ने जनाइएको छ ।
ग्राहकले सवारीसाधन दुर्घटनामा परेको खण्डमा सोझै आइसरको आधिकारिक वर्कसपमा गई मर्मत गराउन सक्नेछन् र ग्राहकले बिमा रकमबाहेकको रकम मात्र तिर्नुपर्ने तथा बाँकी रकम बिमा कम्पनी र बतास एमएडब्लूबीच कारोबार हुने कम्पनीले जनाएको छ ।


























