काडमाडौं। चर्चित गायिका लक्ष्मी रेग्मीले नयाँ गीत पञ्चेबाजा ‘बुढेसकालले छुन्छ’ बोलको गीत बजारमा ल्याएकी छीन् ।
गीतमा चर्चित गायिका लक्ष्मी रेग्मी र गायक कृष्ण कंडेलले स्वर दिएका छन् ।
शिबजी परियारको लयरशब्द, सागर बिरहीको सङ्गीत रहेको गीतमा निर्देशन भने दिप गुरुङले गरेका छन् ।
आर। के परियार र प्रियंका नेपालीले म्युजिक भिडियोमा अभिनय देख्न सकिन्छ, भने छायांकन शम्भु चालिसेले गरेका हुन् ।
गीत मौलिक शैलीमा निर्माण भएकाले सबै दर्शक श्रोताहरुको मन जित्ने विश्वास लिएको गायिका रेग्मीले नेप्को मिडियालाई बताईन् ।
‘बुढेसकालले छुन्छ’ बोलको गीत दर्शक श्रोताहरुलाई हेरेर साथ दिन अनुरोध गायिका रेग्मीले गरेकी छन् ।
रेग्मी पछिल्लो समय लाइभ दोहोरीमा निकै चर्चा कमाउ सफल भएकी छन् । पञ्चेबाजा गीत ‘बुढेसकालले छुन्छ’ Laxmi Regmi official च्यानलबाट सार्वजनिक गरिएको छ ।




























