काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभनमा पार्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जुम्ला घर भई स्वयम्भु बस्ने धर्मेन्द्र शाही पक्राउ परेका हुन् ।
शाहीले टेकराज पाण्डेलाई वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिन्छु भनी विश्वास दिलाई प्रलोभनमा पारी पटकपटक गरी बाह्र लाख रकम लिएर फरार भएका थिए ।
उनलाई बानेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।


























