काठमाडौं । वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिने भन्दै ठगी गर्ने एकजना पक्राउ परेका छन् । झापा घर भई हाल ललितपुर सातदोबाटो बस्ने विक्रम दाहाललाई प्रहरीले पक्राउ गरेको हो ।
वैदेशिक रोजगारको लागि माल्टाको प्रतिष्ठित होटलमा काम हुने, र मासिक एक लाख तलव हुन्छ भनी बिनिता तामाङलाई
विश्वास दिलाई प्रलोभनमा पारी पटकपटक गरी ८ लाख ९० हजार रकम दाहालले लिएका थिए ।
दाहालले करिब १० लाख रकम उठाएर सम्पर्क विहीन भएका थिए ।र, आफू ठगिएको थाहा पाएपछि तामाङले प्रहरीकोमा उजुरी दिएकी थिइन् । पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले विक्रम दाहाललाई सातदोबाटोबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको छ।


























