श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मंगलबार मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच राष्ट्रिय बालश्रम निवारण प्रतिवेदन २०८२ सार्वजनिक गर्नुभएको छ।
प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री भण्डारीले बालश्रम र बालकार्यबीचको स्पष्ट भिन्नताका बारेमा सर्वसाधारणमा अझै पनि पर्याप्त बुझाइ नरहेको बताउनुभयो। उहाँले यस विषयमा व्यापक जनचेतना अभिवृद्धि गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो।
नेपाललाई बालश्रममुक्त राष्ट्र बनाउने लक्ष्य हासिल गर्नका लागि सबै सरोकारवाला निकायहरूबीच समन्वय र सहकार्य अपरिहार्य रहेको मन्त्री भण्डारीले बताउनुभयो। उहाँले यसका लागि सबै पक्षको सामूहिक प्रयास महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो।



























