काठमाडौं : सागर डिष्टिलरी लिमिटेडले साउन २८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्ने भएको छ।
कम्पनीले जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशत बराबर १४ लाख ५२ हजार कित्ता शेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ४५ हजार २०० कित्ता वैदेशिक श्रमिकका लागि छुट्याएको हो। प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ रहेको यस सेयरमा न्यूनतम १० कित्ता र अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन भदौ १ गतेसम्म दिन सकिनेछ भने आवश्यक नपरे थप अवधि भदौ ११ गतेसम्म लम्बिन सक्छ।
इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई ुसिङ्गल बी प्लसु रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्न जोखिम रहेको देखाउँछ। मुक्तिनाथ क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको यस आईपीओमा वैदेशिक श्रमिकहरूले सिआस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।



























