काठमाडौं : नेपाल धितोपत्र बोर्डले खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिको लागि कर्मचारी माग गरेको छ ।
बोर्डले सहायक निर्देशक ३ जना र वरिष्ठ सहायक २ जना गरी कुल ५ जना कर्मचारी माग गरेको हो । सहायक निर्देशक अधिकृत तृतीय श्रेणीको पद हो भने वरिष्ठ सहायक सहायक प्रथम श्रेणीको पद हो।
तोकिएको योग्यता पूरा भएको इच्छुक व्यक्तिले भदौ १३ गतेदेखि असोज २ गतेसम्म र दोब्बर दस्तुर तिरेर अजोज ९ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।



























