काठमाडौं । विजयादशमी नजिकिएसँगै काठमाडौं छाडेर घर फर्किनेहरुको ठूलो चहलपहल छ । गोंगबु बसपार्क, कलंकी, कोटेश्वर, जडिबुटी क्षेत्रमा बस कुर्नेहरूको भीड लागेको छ । काठमाडौं छाडेर आफ्नो आफ्नो गन्तव्यतिर लाग्ने सवारी साधनको चापका कारण बिहानैदेखि पूर्वतर्फ जाने सवारी र यात्रुको चापले कोटेश्वर, जडिबुटी सडकमा गाडीको लाम लागेको छ ।



























