दोहा, कतार । अन्तर्राष्ट्रिय झापाली समाजको पाँचौँ अधिवेशनले महेन्द्र प्रसाद चम्लागाईलाई सर्वसम्मत रूपमा अध्यक्ष पदमा चयन भएका छन्। कतारमा सम्पन्न अधिवेशनबाट चम्लागाई नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो।
अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा दिपक चुडाल (अष्ट्रेलिया), उपाध्यक्षमा नविन पोखरेल (कतार) र चूडामणि कार्की (कतार) तथा महिला उपाध्यक्षमा सीता पाण्डे (अमेरिका )निर्वाचित भएका छन्।
त्यसैगरी महासचिवमा चिरन खवास (बेल्जियम), सचिवमा भवानी प्रसाद कोइराला (कतार) र अजय राजबंशी (अष्ट्रेलिया) चयन भएका छन्। कोषाध्यक्षको जिम्मेवारी उमेश पोखरेल (अष्ट्रेलिया) लाई दिइएको छ भने सह–कोषाध्यक्षमा रविन गिरी (साउदी अरब) चयन भएका छन्।
क्षेत्रीय संयोजकहरू
मध्यपूर्व केशव कार्की – कतार
युरोप लोकेन्द्र नेपाल – बेल्जियम
ओसिनिया निरञ्जन प्रसाई – अष्ट्रेलिया
अमेरिका आशिष संग्रौला – अमेरिका
उप–क्षेत्रीय संयोजकमा
मध्यपूर्वका लागि टिका धिताल – ओमान
युरोपका लागि प्रकाश गिरि – नेदरल्यान्ड
अमेरिकाका लागि डिल्ली थापा – अमेरिका
सदस्यमा गोपाल प्रसाद आचार्य (साउदी अरब) चयन भएका छन्।
प्रमुख निर्वाचन आयुक्त तथा समाजका संरक्षक दिनेशकुमार पोखरेलका अनुसार बाँकी रहेका रिक्त पदहरू कार्यसमितिको पहिलो बैठकबाट मनोनयन गरिने बताए।



























