काठमाडौँ । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा देखिएको समस्या समाधानका लागि शहरी विकासमन्त्री कुलमान घिसिङ आइतबार बिहान बन्चरेडाँडा ल्यान्डफिल साइट पुगेका छन्।
मन्त्री घिसिङले बन्चरेडाँडामा स्थलगत अनुगमन गर्दै फोहोर व्यवस्थापनमा देखिएका अवरोध र स्थानीय स्तरका समस्या सम्बन्धी जानकारी लिएका छन्। अनुगमनका क्रममा उनले सम्बन्धित निकायका अधिकारीहरू र स्थानीय सरोकारवालासँग फोहोर व्यवस्थापनका चुनौती तथा सम्भावित समाधानबारे छलफल गरेका थिए।
काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन नुवाकोट र धादिङ जिल्लाको सिमानामा पर्ने बन्चरेडाँडा ल्यान्डफिल साइटमा गरिँदै आएको छ। पछिल्ला दिनमा उक्त क्षेत्रमा फोहोर व्यवस्थापनमा समस्या देखिएपछि मन्त्रालयले स्थलगत अनुगमनमार्फत समाधान खोज्ने पहल थालेको हो।



























