काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजकुमार अर्याल नियमित जिम्मेवारीमा फर्किएका छन्।
कर्मचारीका लागि छुट्याइएको आईपीओ सेयर बाँडफाँटमा अनियमितता भएको उजुरीपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अर्यालमाथि अनुसन्धान गरेको थियो। अनुसन्धानका क्रममा पक्राउ परेका उनी चैत २२ गते रिहा भएका थिए।
अनुसन्धान अवधिभर नियमित जिम्मेवारीमा नफर्किएका अर्यालको स्थानमा कवि फुयालले कामु सीईओको जिम्मेवारी सम्हालेका थिए।
सीआईबीको अनुसन्धानमा कुनै कैफियत नदेखिएपछि कम्पनीको सञ्चालक समितिको साउन २१ गते बसेको १९१औँ बैठकले अर्याललाई पूर्ववत् प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा फर्काउने निर्णय गरेको हो। कम्पनीले सोही निर्णयबारे साउन २२ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई जानकारी गराएको छ।




























