काठमाडौं । हस्पिटालिटी सेल्स एन्ड मार्केटिङ एसोसिएसन नेपाल (एचएसएमएएन) ले होटल तथा पर्यटन क्षेत्रका व्यवसायी, पेशाकर्मी, उद्योगी तथा सरोकारवाला बीच व्यावसायिक सम्बन्ध विस्तार र सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले ‘सेल्स मिट २०२६’ आयोजना गर्ने भएको छ।
एसोसिएसनले आफ्नो पाँचौँ वार्षिक सेल्स मिटअन्तर्गत ‘मिट एन्ड ग्रिट २०२६ विथ फन एन्ड ककटेल डिनर’ कार्यक्रम आयोजना गर्न लागेको हो। कार्यक्रम आगामी शुक्रबार, २१ अगस्ट २०२६ मा काठमाडौंको बसुन्धरा स्थित वेभ हस्पिटालिटीमा आयोजना हुने आयोजकले जनाएको छ।
कार्यक्रममा होटल तथा पर्यटन क्षेत्रका व्यवसायी, पेशाकर्मी, उद्योगी, नेतृत्वकर्ता, साझेदार तथा अन्य सरोकारवालाको सहभागिता रहनेछ। सहभागीबीच नेटवर्किङ, अनुभव आदानप्रदान तथा व्यावसायिक सहकार्यका लागि कार्यक्रमलाई केन्द्रित गरिने एसोसिएसनले जनाएको छ।
हस्पिटालिटी क्षेत्रका विभिन्न पक्षबीच प्रत्यक्ष भेटघाट तथा सम्बन्ध विस्तार मार्फत नयाँ व्यावसायिक अवसर सिर्जना गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकको भनाइ छ। साथै, पेशाकर्मीबीच ज्ञान, अनुभव र व्यावसायिक अभ्यास आदान प्रदान गर्दै नेपालको हस्पिटालिटी तथा पर्यटन क्षेत्रको विकासमा योगदान पुर्याउने लक्ष्य राखिएको हो।
कार्यक्रममा हस्पिटालिटी क्षेत्रका व्यवसायी तथा पेशाकर्मीबीच नेटवर्किङ, अनुभव आदान प्रदान, सहकार्य तथा व्यावसायिक सम्बन्ध विस्तारसँगै मनोरञ्जनात्मक गतिविधि र ककटेल डिनरको समेत व्यवस्था रहेको एसोसिएसनको कार्यक्रमलाई हस्पिटालिटी क्षेत्रका व्यवसायी तथा पेशाकर्मीबीच आपसी सम्बन्ध थप मजबुत बनाउने महत्वपूर्ण अवसरका रूपमा लिएको छ।
कार्यक्रममा सहभागी हुन प्रति व्यक्ति २ हजार ८ सय रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ। एसोसिएसनले हस्पिटालिटी तथा पर्यटन क्षेत्रमा आबद्ध व्यवसायी, पेशाकर्मी र सरोकारवालालाई कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ।
एसोसिएसनका महासचिव दीपक पोख्रेलले ‘सेल्स मिट २०२६’ हस्पिटालिटी क्षेत्रका व्यवसायी तथा पेशाकर्मीबीच भेटघाट, सम्बन्ध विस्तार र व्यावसायिक सहकार्यका लागि महत्वपूर्ण अवसर बन्ने बताए।
उनले कार्यक्रम मार्फत हस्पिटालिटी क्षेत्रका विभिन्न पक्षलाई एउटै प्लेटफर्ममा जोड्दै आपसी सहकार्य र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउने प्रयास गरिएको बताए।
एचएसएमएएनले हस्पिटालिटी क्षेत्रमा कार्यरत जनशक्तिको व्यावसायिक विकास, पेशाकर्मीबीच नेटवर्किङ तथा ज्ञान आदान प्रदानका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ।यस ‘सेल्स मिट’ले व्यवसायी तथा पेशाकर्मीलाई जोड्ने माध्यमका रूपमा लिएको एसोसिएसनले जनाएको छ।



























