काठमाडौं – नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाले समाज परिवर्तनका लागि योगदान पुर्याउने व्यक्तित्वहरूलाई जीवनकालमै सम्मान गर्नुपर्ने बताएका छन्।
नन्दप्रसाद जानुका फाउन्डेसनद्वारा आयोजित ‘दोलखाका नायकहरू’ नामक पुस्तक विमोचन समारोहमा बोल्दै सभापति लामाले राजनीतिक पदमा पुगेका व्यक्तिलाई मात्र नभई समाज रूपान्तरण, विकास र जनहितका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिहरूलाई उचित सम्मान गर्नुपर्नेमा जोड दिए।
उनले समाजका लागि महत्वपूर्ण काम गरेका कतिपय व्यक्तित्वहरू भौतिक रूपमा नरहे पनि उनीहरूले गरेका योगदान र सिर्जनाका कारण सधैं स्मरणीय रहने बताए। समाज परिवर्तनका लागि निस्वार्थ योगदान पुर्याउने व्यक्तित्वहरूको इतिहास संरक्षण र सम्मान गर्नु सबैको दायित्व भएको उनको भनाइ थियो।
सभापति लामाले राजनीति सबै नीतिको मूल नीति भएको उल्लेख गर्दै स्वस्थ र जिम्मेवार राजनीतिक संस्कार आवश्यक रहेको धारणा राखे। राजनीतिको सही दिशा भएमा मात्र देश, समाज र लोकतन्त्र सही मार्गमा अघि बढ्न सक्ने उनले बताए।
उनले नेपाली कांग्रेसभित्र देखिन थालेका आन्तरिक मतभेद र गुटगत विवादलाई समयमै समाधान गर्नुपर्ने आवश्यकता औंल्याए। पार्टीभित्रको मतभेदलाई थप जटिल बन्न नदिई सबै पक्षलाई एकै ठाउँमा ल्याएर समाधान खोज्नुपर्ने उनको भनाइ थियो।
लोकतन्त्रको रक्षा, पार्टीको एकता र देशको भविष्यका लागि सबै राजनीतिकर्मी तथा कार्यकर्ता मिलेर अघि बढ्नुपर्नेमा जोड दिँदै उनले आपसी समझदारी र एकताको विकल्प नभएको बताए।
- नन्दप्रसाद जानुका फाउन्डेसनद्वारा आयोजित उक्त समारोहमा ‘दोलखाका नायकहरू’ नामक पुस्तक विमोचन गरिएको थियो। पुस्तकमार्फत दोलखाको समाज, राजनीति तथा विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूको



























