काठमाडौं । बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि वैदेशिक रोजगार व्यवसायीहरूले संघमार्फत आबस्यक सहयोग गरिएको बताएका छ्न।
विपद्को समयमा व्यवसायीहरूको तर्फबाट राहत तथा सहयोगका कार्यक्रमलाई निरन्तरता दिने वैदेशिक रोजगार व्यावसायिको भनाइ छ।
बाढीपहिरोका कारण वैदेशिक रोजगार व्यवसायमा समेत प्रत्यक्ष तथा अप्रत्यक्ष असर परेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व सदस्य तथा Rays Recruitment Pvt. Ltd. का प्रबन्ध निर्देशक तिलकबहादुर तामाङले बताएका छन्।
उनका अनुसार प्रभावित क्षेत्रमा रहेका कामदार तथा उनीहरूका परिवारसँग सम्पर्कमा समस्या देखिएको छ। कतिपय कामदारको भिसा आइसकेको अवस्थामा प्रक्रिया प्रभावित भएको छ भने कतिपयको वैदेशिक रोजगारसम्बन्धी प्रक्रिया पनि प्रभावित भएको छ।
‘विपद्का कारण वैदेशिक रोजगार व्यवसायमा असर त परेको छ। कतिपय कामदारसँग सम्पर्क हुन सकेको छैन, कतिपयको भिसा आइसकेको छ भने कतिपय प्रक्रिया चलिरहेको अवस्थामा प्रभावित भएको छ,’ तामाङले भने।
बाढीपहिरोबाट प्रभावित क्षेत्रलाई सरकारले विशेष प्राथमिकतामा राखी पुनःस्थापना तथा पुनर्निर्माणका कार्यक्रमलाई तीव्रता दिनुपर्ने उनको भनाइ छ। विपद् र क्षतिग्रस्त संरचना तथा पूर्वाधारको पुनर्निर्माणमा राज्यले आवश्यक स्रोत परिचालन गर्नुपर्ने उनले बताए।
तामाङका अनुसार विपद्
प्रभावित नागरिकसँगै प्रभावित व्यवसाय र निजी क्षेत्रलाई समेत राज्यले ध्यान दिन आवश्यक छ। वैदेशिक रोजगार व्यवसायमा परेको असरलाई समेत सरकारले मूल्याङ्कन गरी आवश्यक सहजीकरण गर्नुपर्ने उनको भनाइ छ।
‘राज्यले प्रभावित क्षेत्र र विपद् मा परेका परिवारलाई प्राथमिकतामा राखेर पुनःस्थापना र पुनर्निर्माणको काम अघि बढाउनुपर्छ। त्यससँगै प्रभावित व्यवसायलाई पनि राज्यले हेर्नुपर्छ,’ उनले भने।विपद्को समयमा राज्यसँगै निजी क्षेत्रले पनि आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्नुपर्ने तामाङले बताए।
निजी क्षेत्रबाट आर्थिक तथा भौतिक रूपमा सहयोग भइरहेको उल्लेख गर्दै उनले विपद्का बेला निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताए।व्यवसायीहरूका अनुसार विपद्का बेला निजी क्षेत्रले राहत, उद्धार तथा पुनःस्थापनाका लागि राज्यसँग सहकार्य गर्दै प्रभावित नागरिकसम्म सहयोग पुर्याउन सक्छ।
वैदेशिक रोजगार व्यवसायीहरूले संघमार्फत प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा रकम जम्मा गरी बाढी तथा पहिरो प्रभावित नागरिकका लागि आवश्यक सहयोग गरिएको उनको भनाइ छ।


























