काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत विभिन्न तहका अधिवेशनको कार्यतालिका सार्वजनिक गरेसँगै दोलखाको बिगु गाउँपालिकामा पनि पार्टीको स्थानीय नेतृत्वका लागि आकांक्षीहरूको सक्रियता बढ्न थालेको छ।
बिगु गाउँपालिका सभापतिका लागि यातायात व्यवसायी विपिनजङ थापाले लामो समयदेखि आफ्नो पक्षमा वातावरण बनाउन लबिङ गरिरहेका छन।
यातायात व्यवसायमा सक्रिय थापा पछिल्लो समय बिगु गाउँपालिकाको सेरोफेरोमा रहेर कांग्रेसका स्थानीय कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणसँग प्रत्यक्ष भेटघाट र संवादलाई तीव्र बनाउँदै आएका छन्।
व्यवसायसँगै सामाजिक तथा स्थानीय गतिविधिमा समेत जोडिँदै आएका थापाले गाउँपालिकाका विभिन्न क्षेत्रका कांग्रेस कार्यकर्ता तथा जनतासँग निरन्तर भेटघाट गर्दै संगठनको अवस्था, स्थानीय समस्या र पार्टीको आगामी नेतृत्वबारे छलफल गरिरहेका छन। थापा गत २०७९ सालको स्थानीय तहाको निर्वाचनमा झिनो मतान्तरले पराजित भएका थिए
युवा पुस्तामा लोकप्रिय नेता थापा गाउपालिकाको सभापति दावी गरे सगै पालिकामा नेपाली काङ्ग्रेस सक्रिय र मजबुत बन्ने समेत जिल्ला तहको नेतावर्गले अपेक्षा गरेका छन।
बिगु कांग्रेसको नेतृत्वका लागि थापाको सक्रियतालाई स्थानीय तहमा नयाँ नेतृत्वको खोजीका रूपमा समेत हेरिएको छ। यद्यपि, सभापतिका लागि उनको उम्मेदवारी औपचारिक रूपमा घोषणा भने गरिसकेका छैनन्



























