काठमाडौं ।परिवर्तन मिडियाले प्रालीले बाढीपहिरोबाट प्रभावित नागरिकका लागि नुवाकोटको तुप्चे पुगेर राहत सामग्री वितरण गरेको छ।
बाढीपहिरोबाट प्रभावित नागरिकको आवश्यकता र मागअनुसार आवश्यक अनुसार मिडियाकी प्रबन्ध निर्देशक पवित्र लामा, समाजसेवी डोल्मा मोक्तान, अमेरिकन नागरिक जेन, संगीतकर्मी संघ नुवाकोटका अध्यक्ष छिरिङ लामा लगायतको टोली तुप्चे पुगेर प्रभावित नागरिकलाई राहत सामग्री वितरण गरेको थियो
प्रबन्ध निर्देशक लामाका अनुसार प्रभावित नागरिकसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूको आवश्यकता र माग बुझेर सोहीअनुसार राहत सामग्री उपलब्ध गराइएको हो।
विपद्को समयमा पीडित नागरिकलाई तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराउनुका साथै उनीहरूको समस्या सम्बन्धित निकायसम्म पुर्याउने कामलाई परिवर्तन मिडियाले प्राथमिकता दिँदै आएको उनले बताइन्।
परिवर्तन मिडियाले लामो समयदेखि नागरिकका आवाजलाई सम्बन्धित निकायसम्म पुर्याउँदै समस्या समाधानका लागि खबरदारी गर्दै आएको छ।
विशेषगरी हिंसा तथा अन्यायबाट पीडित नागरिकको न्यायका लागि लामो समयदेखि आवाज उठाउँदै आएकी प्रबन्ध निर्देशक पवित्र लामाले पीडितको पक्षमा निरन्तर पैरवी गर्दै आएकी छन्।
नागरिकका समस्या सार्वजनिक गर्ने, सम्बन्धित निकायको ध्यानाकर्षण गराउने तथा आवश्यक सहयोग जुटाउने कार्यमा परिवर्तन मिडियाले विगतदेखि नै सक्रिय भूमिका निर्वाह गर्दै आएको जनाइएको छ।
यसअघि पनि विभिन्न विपद् तथा संकटका समयमा राहत तथा उद्धारका कार्यमा परिवर्तन मिडियाले योगदान पुर्याउँदै आएको र पछिल्लो समय बाढीपहिरोबाट प्रभावित नागरिकको अवस्था बुझ्दै उनीहरूलाई आवश्यक सहयोग उपलब्ध गराउने अभियानलाई निरन्तरता दिइने परिवर्तन मिडियाले जनाएको छ।



























