काठमाडौं । नेपाली कांग्रेस दोलखाको १५औँ जिल्ला अधिवेशनबाट ३३ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएका छन्।
८४ जनाले उम्मेदवारी दिएकोमा लामो छलफलपछि ३३ जना प्रतिनिधि सर्वसम्मत चयन भएका हुन्।
प्रदेश तथा केन्द्रीय महाधिवेशन प्रतिनिधि चयनका लागि तीन दिनसम्म निरन्तर छलफल भएको थियो।
पटक–पटकको छलफलपछि निर्वाचन प्रक्रियामा जाने तयारीसमेत गरिएको थियो तर अन्तिम समयमा नेतृत्व तथा स्थानीय तहका सभापतिसहितको टोलीबीच सहमति जुटेपछि निर्वाचन नगरी सर्वसम्मत नेतृत्व चयन गरिएको हो।
नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य जीपछिरिङ लामा, केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी, जिल्ला सभापति बर्मा लामा, उपसभापति छवि लामा, अर्जुनप्रसाद शिवाकोटीलगायत जिल्ला नेतृत्व तथा दोलखाका ९ वटै स्थानीय तहका सभापतिसहितको टोलीले सहमतिबाटै प्रतिनिधि चयन गर्ने निष्कर्ष निकालेको थियो।
सर्वसम्मत चयन भएका प्रतिनिधिमध्ये केहीलाई समेट्न नसकिएको भन्दै असन्तुष्टि देखिएको छ। जिल्ला सभापति बर्मा लामाले असन्तुष्ट पक्षलाई पनि सम्मानजनक स्थान दिने बताएका छन्।
सर्वसम्मत निर्वाचित ३३ जना महाधिवेशन प्रतिनिधि
१. जीपछिरिङ लामा
२. अजयबाबु शिवाकोटी
३. बर्मा लामा
४. छवि लामा
५. अर्जुनप्रसाद शिवाकोटी
६. रञ्जितकुमार पाठक
७. ईश्वर नारायण मानन्धर
८. दावासाङ्गे शेर्पा
९. राकेश श्रेष्ठ
१०. बाबुकाजी बस्नेत
११. सन्तोष रिमाल
१२. राजेश उप्रेती
१३. भीमबहादुर खड्का
१४. उद्धवराज काफ्ले
१५. विनिता अधिकारी काफ्ले
१६. छिरिङ डोल्मा शेर्पा
१७. सिर्जना सुवेदी
१८. सुनिता नेपाली
१९. लाक्पा शेर्पा
२०. टेण्डु शेर्पा
२१. भरत लकाई
२२. भगवती शाह
२३. बिमला योञ्जन
२४. पासदिकी तामाङ
२५. राजन अधिकारी
२६. प्रनिल तामाङ
२७. प्रतिमा उप्रेती
२८. सुमन लामा
२९. रणबहादुर थामी
३०. रामकुमार नेपाली
३१. चेतबहादुर विक
३२. दावादोर्जे लामा
३३.रन्जिता बुढाथोकी




























