काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार भएको छ ।
आज नेप्से परिसूचक दुई दशमलव ६० अङ्कले बढेर एक हजार नौ सय ८८ दशमलव चारको विन्दु कायम भएको हो ।
आज नेप्सेमा दुई सय ९२ कम्पनीको एक करोड २० लाख ९५ हजार पाँच सय ३९ कित्ता शेयर ८१ हजार चार सय ५१ पटक खरिदबिक्री हुँदा तीन अर्ब ९० करोड ९१ लाख ९८ हजार पाँच सय ७० बराबरको कारोबार भएको छ ।



























