नेपालमा भइरहेको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले गैरआवासीय नेपाली संघ (एनआरएनए) को भवनमा तोडफोड तथा आगजनी गरेका छन् । मंगलबारको आन्दोलनले एनआरएनए भवनमा ठूलो क्षति पुगेको छ । आगजनीबाट संघको दुईवटा गाडी पूर्णरूपमा जलेर नष्ट भएका छन् भने भवनको सिसा तथा केही महत्त्वपूर्ण कागजातहरू पनि जलेको बताइएको छ ।
एनआरएनएका एक प्रतिनिधिले क्षतिको यकिन विवरण आइनसकेको तर ठूलै नोक्सान भएको अनुमान गरेका छन् । यद्यपि, संघको सचिवालय भने सुरक्षित रहेको बताइएको छ ।



























