काठमाडौं । नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शिलतनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरूले शपथ लिएका हुन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले डा। सुधा शर्मा र बब्लु गुप्तालाई मन्त्री नियुक्त गरेका हुन् । शर्मा स्वास्थ्य तथा जनसंख्या र गुप्ता युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छ्न । प्रधानमन्त्री निकट स्रोतका अनुसार, आइतबार बिहान चार जना मन्त्रीको नाम सिफारीस भएको थियो ।
खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठ को नाम सिफारिस भए पनि अन्तिम समयमा आएर उनीहरूको नाम रोकिएको थियो ।



























