काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रीपरिषदको बैठक बोलाएका छन् ।
बैठक बिहीबार दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरबारमा बस्ने गरि बोलाएका हुन् । बैठकमा समसामयिक विषयहरूमा छलफल हुनेछ ।
भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकार खोज, उद्धार, उपचार, राहत र प्रभावित मानिसहरूको पुनस्थापनामा निरन्तर जुटिरहेको छ ।
प्रधानमन्त्रीले बाढी प्रभावित क्षेत्रको खोज, उद्धार, राहत र पुनस्थापनालाई थप प्रभावकारी बनाउन र आवश्यक निर्णय गर्न यो बैठक बोलाएका हुन् ।



























