काठमाडौं । नेपाली कांग्रेस दोलखाको प्रदेशसभा क्षेत्र ‘ख’ को सभापति पदका लागि पदमराज पाठक मुख्य दावेदारका रूपमा चर्चामा आएका छन्।
दोलखाको कालिञ्चोक गाउँपालिका स्थायी ठेगाना भएका पाठक राजनीतिक गतिविधिसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय रहँदै आएका छन्।
नेपाली कांग्रेसको विभिन्न तहमा जिम्मेवारी सम्हालिसकेका पाठकले संगठन निर्माण तथा पार्टी गतिविधिमा निरन्तर भूमिका निर्वाह गर्दै आएका छन्।
राजनीतिक जिम्मेवारीसँगै व्यवसायिक क्षेत्रमा समेत सक्रिय रहेका पाठकले सफल व्यवसायीका रूपमा आफ्नो पहिचान बनाएका छन्।
संगठनमा कार्यकर्तासँग समन्वय गर्दै आफूलाई दिइएको जिम्मेवारी सहज र प्रभावकारी ढंगले बहन गर्न सक्ने नेताका रूपमा पाठकलाई हेरिँदै आएको छ।
पार्टी संगठनलाई समावेशी र गतिशील बनाउने विषयलाई प्राथमिकतामा राख्दै आएका पाठकले सबै वर्ग, समुदाय र पुस्तालाई समेटेर कांग्रेसलाई थप सुदृढ बनाउनुपर्ने धारणा राख्दै आएका छन्।
विशेषगरी युवापुस्ताबीच सक्रिय रहेका पाठकले पार्टीको संगठन विस्तार, कार्यकर्ताबीचको समन्वय तथा नयाँ पुस्तालाई कांग्रेसको संगठनमा जोड्ने विषयलाई महत्व दिँदै आएका छन्।
प्रदेश ‘ख’ अन्तर्गतका स्थानीय तह तथा वडा तहसम्म संगठनलाई थप व्यवस्थित र मजबुत बनाउने लक्ष्यसहित पाठकले सभापति पदमा आफ्नो दाबी अघि सारेका हुन्।
कांग्रेसको आगामी अधिवेशन नजिकिँदै जाँदा दोलखाको प्रदेश ‘ख’ मा नेतृत्वका आकांक्षीहरूबीचको चर्चा पनि बढ्दै गएको छ। यही क्रममा पाठकको नाम सभापति पदका लागि मुख्य दावेदारका रूपमा अगाडि आएको हो।




























