काठमाडौं । रोल्वालिङ यातायात सहकारी संस्था लिमिटेडले प्रतिकूल मौसमको सम्भावनालाई मध्यनजर गर्दै संस्थामार्फत सञ्चालित सवारीसाधनको क्यू स्थगित गरेको छ।
सहकारीले एक सूचना जारी गर्दै नेपाल मौसम विज्ञान विभागले २०८३ असोज ५ गते जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार असोज ८ गते बिहीबारदेखि असोज १२ गते सोमबारसम्म विभिन्न स्थानमा हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ।
मौसमको अवस्था र सम्भावित जोखिमलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउन आग्रह गर्दै अर्को सूचना जारी नभएसम्म संस्थामार्फत सञ्चालन हुने गाडीहरूको क्यू स्थगित गरिएको सहकारीले जनाएको हो।
सहकारीले सबै यातायात व्यवसायी तथा सम्बन्धित पक्षलाई मौसमको अवस्थाबारे आवश्यक जानकारी लिई सावधानी अपनाउनसमेत आग्रह गरेको छ।




























